माध्यमिक शिक्षा कक्षा ९ र १० मा ऐक्षिक तृतीयका रूपमा रहेको कार्यालय सञ्चालन र लेखाको पाठ्यपुस्तकको परिमार्जित हुने समय अरु किताबको भन्दा एक वर्ष ढिलो रहेको छ। अरु सबै अनिवार्य पाठ्यपुस्तकहरू विसं २०७९/२०८० मा परिमार्जित भएतापनि कार्यालय सञ्चालन र लेखाको पुस्तक विसं २०८० ८१ मा परिमार्जित भएको हो। विद्यार्थीलाई अभ्यास सहजीकरणमा सहयोग पुगोस् भन्ने हेतुले तयार पारिएका गाइड भिडियोहरू बनाउन अवश्य नै केही समय लाग्छ। कक्षा ९ को कार्यालय सञ्चालन र लेखाको गाईको भिडियोको सम्बन्धमा बहि खाता पछाडि रहेका भिडियोहरु आउन बाँकी रहेका छन् कक्षा १० को पाठ्यक्रम भने यसै वर्ष परिमार्जित भएकाले हामीले क्रमश भिडियोहरू अपलोड गर्दै आएका छौ । तर केही कारणवश हाम्रो भिडियो अपलोड हुने गति भने सुस्त हुँदै गइरहेको छ। विगतमा एकै दिन २०/२५ वटा भिडियो अपलोड हुने यस च्यानलमा वर्तमान समयमा दिनको एकवटा भिडियो मात्र अपलोड भइरहेको छ। हामी पुन भिडियो अपलोड गर्ने गति बढाइरहनेछौं हामी तपाईंको साथमा छौं।
EDUCATION GURU NP
Comments
Post a Comment